‘लौरो उभ्याएर भए पनि वैकल्पिक सरकार दिऊँ’

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टाराईले जसरी पनि वैंकल्पिक सरकार दिनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै डा. भट्टराईले लौरो उभ्याएरै भए पनि वैकल्पिक सरकार दिनुपर्ने बताए । डा. भट्टराईले संसद, संविधान र लोकतन्त्रको रक्षा गर्ने प्रश्न अहंम भएको भन्दै जे गर्दा रक्षा हुन्छ त्यही गर्नुपर्ने धारणा राखेका छन् । उनले सबैले आवश्यक त्याग र बलिदान गर्दै लौरो उभ्याएर भएपनि संविधानको धारा ७६(५) अनुसारको वैकल्पिक सरकार दिनुपर्ने बताए ।

‘संसद, संविधान, लोकतन्त्रको रक्षा आजको अहंम प्रश्न हो । जे गरेर रक्षा हुन्छ त्यही गरौँ ।’ उनले भनेका छन्, ‘सबैले आवश्यक त्याग/बलिदान गरौँ । लौरो उभ्याएर भए पनि ७६(५) को वैकल्पिक सरकार दिऊँ । आजै गरौँ,अहिल्यै गरौँ ।’ उनले बिपी कोईराला, पुष्पलालदेखि अहिलेको पुस्ताले लडेर ल्याएको संविधान र लोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्ने पनि बताए ।