मन्त्रिमण्डल विस्तार गर्दै ओली

काठमाडाैं । प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन् । उनले  जसपाको महन्थ ठाकुर  समूहसँग चुनावी गठबन्धन सम्म बनाउने गरी सरकार निर्माण  गर्न लागेको बुझिएको छ । मन्त्रिमण्डलमा महन्थ ठाकुर आफैं उपप्रधानमन्त्रीसहित शक्तिशाली मन्त्रालय लिएर जाने सम्भावना पनि छ । तर, राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा जाने सम्भावना बलियो रहेको बुझिएको छ । महतोले गृह मन्त्रालयको दाबी गरेको बुझिएको छ ।

पूर्व माओवादी ७ मन्त्रीहरु सर्वोच्च अदालतको ६ जेठको आदेशबाट पदमुक्त भएपछि ती मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओली स्वयंले लिएका छन् । ती मन्त्रालयहरुमा जसपाको महन्थ ठाकुर पक्षधरलाई व्यवस्थापन गर्ने तयारी ओलीले गरेका छन् । संसद भंग गरेपछि  संसद नभएका व्यक्ति  पनि मन्त्रि हुन पनि सजिलो भएको हो ।