सरकार अरबाैं भ्रष्टाचारमा चुर्लुम्म, कोरोनाबाट मृत्यु भएको परिवारलाई रु १० हजार ?

तनहुँ । सरकार अरबाैं भ्रष्टाचारमा रमाइरहँदा  तनहुँको व्यास नगरपालिकाले भने कोरोनाबाट मृत्यु हुने विपन्न परिवारलाई रु १० हजार उपलब्ध गराउने निर्णय गरेको छ । शुक्रबार बसेको कार्यपालिका बैठकले कोरोना सङ्क्रमणबाट मृत्यु हुने विपन्न परिवारलाई शवबाहन र काजकिरीया खर्चवापत जनही रु १० हजार उपलब्ध गराउने निर्णय गरेको हो । सम्बन्धित वडाको सिफारिशमा मृत्यु भएकाको परिवारलाई राहत दिने निर्णय भएको हो ।  त्यस्तै कोभिड–१९ सङ्क्रमित भई उपचाररत विपन्न एवं मजदुर परिवारलाई रु पाँच हजार उपचार एवं सुविधा उपलब्ध गराउने निर्णय भएको बताइएको छ ।