ठूलो परिमाणमा अत्याधुनिक हतियार भेटिए पनि स्रोत खुलाइएन

राेल्पा ।  रोल्पामा ठूलो परिमाणमा अत्याधुनिक हतियारको म्याग्जिन र गोली पाइएको  छ । हतियार र गाेली भेटिँदा पनि प्रहरीले यसको स्रोत खुलाएको छैन । त्रिवेणी गाउँपालिका-२ रामपुर गाउँ नजिकै बाँसघारीमा एसएमजी म्याग्जिन २३ थान, एम १६ को म्याग्जिन १ थान, एलएमजी म्याग्जिन १ थान बरामद भएको हो ।

यस्तै एके ४७ को गोली ७ सय ५२ थान, ७.६२ मिमिको गोली २ सय ८ राउन्ड र ९ एमएमको गोली १० राउन्ड गरी ९ सय ७० राउन्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । हतियारका सामग्री रहेको स्थानीयले खबर गरेपछि नेपाली सेनाको बटुक दल गणको दहवनमा रहेकाे गुल्मको टोलीले सामग्री बरामद गरेको रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिएका छन् ।