किन लाग्याे प्रधानमन्त्री र राष्ट्रपतिको तस्वीरमा गोबर ?

काठमाठाैं । प्रधानमन्त्री र राष्ट्रपतिको तस्वीरमा गोबर छ्याप्न ठिक छ छैन भन्ने कानुनी पाटो हाे । तर, एकजना विद्यार्थी नेताले यसै गरे । जो उनी सही मान्दथे ।  प्रधानमन्त्री ओली र  राष्ट्रपति भण्डारीको तस्बिरमा गोबर छ्याप्ने उनी हुन् नेपाल विद्यार्थी संघका नेता नवराज त्रिपाठी । यसअघि    प्रधानमन्त्री ओलीले राष्ट्रपतिमाथि अनादर भएको समेत बताएका थिए । कामै अनादर हुने गरेपछि आदर पाउन पनि त गाह्रै हुने रहेछ ।

त्रिपाठीले केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटन तथा नयाँ निर्वाचनको घोषणाको विरोध गर्ने  क्रममा यसाे गरेका हुन् ।  उनलाई अहिले पक्राउ गरिएको छ ।  आज बिहान बानेश्वरबाट गोबर छ्याप्दै गर्दा उनलाई  पक्राउ गरिएको हो ।  कोरोना महामारीको बेला राष्ट्रपति र प्रधानमन्त्रीले थप संकटलाई निम्तो दिएका भन्दै सडक संघर्षमा आउन बाध्य भएको नेपाल विद्यार्थी संघले जनाएको छ ।