प्युठान । प्युठानमा एउटै रुखमा आमा र छोराछोरीसहित तीन जना झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । प्युठान नगरपालिका १ को रातामाटा सामुदायिक जंगलमा उनीहरुको झुण्डिएको अवस्थामा मृत फेला परेका हुुन् । झुण्डिएको अवस्थामा मृत फेला पर्नेहरुमा स्थानीय २६ वर्षीया गायत्री सुनार, उनका ६ वर्षकी छोरी प्रकृति र अन्दाजी १ वर्ष जतिको छोरा सुशान्त रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेले नेपाल लाइभलाई जानकारी दिए ।
स्थानीयले मंगलबार उनीहरुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनास्थल मुचुल्का उठाएर उनीहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल प्युठान पठाएको छ । उनीहरुको मृत्युको कारण खुलिसकेको छैन । यद्यपी प्रहरीले भने छोराछोरीलाई झुण्डाएपछि आमा पनि झुण्डिएर आत्महत्या गरेको हुनसक्ने आशंका गरेको छ । एकै परिवारका तीन सदस्य रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेछि यसले तरंग छाएकाे छ ।
Add Comment