तीन लाख ११ हजार नाघ्यो भारमा संक्रमितको मृत्यु

भारत । भारतमा पछिल्लो २४ घन्टामा कोरोना भाइरसका २ लाख ८ हजार ९ सय २१ जना संक्रमित थपिएका छन्। यस्तै कोरोना भाइरसका कारण पछिल्लो २४ घन्टामा थप ४ हजार १ सय ५७ जनाको मृत्यु भएको छ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधिमा २ लाख ९५ हजार ९ सय ५५ जना कोरोना संक्रमण मुक्त भएका छन्।  भारतमा कोरोनाका कारण अहिलेसम्म ३ लाख ११ हजार ३ सय ८८ जनाको मृत्यु भएको छ। भारतीय स्वास्थ्य मन्त्री डा हर्षवर्धनले संक्रमण फैलावमा कमी आइरहेको बताएका छन्।  पछिल्ला दिनमा संक्रमण दर कम भइरहेको र बिरामीको संख्यामा कमी आइरहेको भन्दै उनले यो देशका लागि राम्रो संकेत भएको जनाएका छन्।