सुनसान बुद्धजयन्ती

काठमाडौं । कोरोनाका कारण बुद्धजयन्ती एकदमै सुनसानसँग बितेको छ । विगतका वर्षहरूमा एकदमै धुमधडाकासँग मनाइने बुद्धजयन्ती यस वर्ष सामािजक सञ्जालमा  शुभकामना दिएरै मनाइयाे भन्दा फरक नपर्ला ।    नेपालमा हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइने गरिएको छ । नेपाल लगायत अन्य कतिपय देशले पनि आजकै दिन बुद्धजयन्ती मनाउने गर्दछन् । यसैसन्दर्भमा बिभिन्न मुलकमा भगवान बुद्धको स्मरण गरी मनाइएको छ । सिद्धार्थ गौतम अर्थात् भगवान बुद्धले विश्व शान्ति स्थापनाका लागि र्पुयाएको योगदानको स्मरण स्वरुप बुद्ध जयन्ती मनाउने गरिएको हो ।

यस वर्ष कोरोना भाइरसको महामारी चलिरहेको सन्दर्भ छ । यस्तो बेला ठूला कार्यक्रम हुन नसके पनि निषेधाज्ञाका कारण बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायतका स्थलमा सीमित बौद्ध धर्मगुरु मात्र बसेर परम्परादेखि हुदैं आएको विधि पूरा गरी वुद्ध जयन्ती मनाउने काम भयो । भगवान गौतम बुद्धको जन्मभूमि नेपालमा रहेका बौद्ध धर्मावलम्बीहरुलाई आ–आफ्नो बिहार, चैत्य तथा घरमै रहेर बुद्धको प्रतिमालाई पूजा गरी बौद्ध धर्मको गुणलाई अनुसरण गरी जयन्ती मनाउन आग्रह गरीएको थियो र सोही अनुरुप कार्यक्रम सफल भए ।

सामान्य अवस्थामा हजारौ मानिसको सहभागितमा बुद्ध जयन्ति मनाउने गरिन्थ्यो । तर विगत वर्षदेखि फैलिएको कोरोना महामारीका कारण प्रायः चाडपर्वहरु सिमित व्यक्तिहरुको उपस्थितिमा मात्र मनाउन थालिएको छ । विश्व सम्पदा सूचिमा सुचिकृत काठमाडौंको स्वयम्भु स्तुपामा बुद्धको अस्तु दर्शन तथा पुजा अर्चानाका लागि टाढाटाढाबाट आएका श्रद्धालु भक्तजनहरुको घुँइचो हुने गर्दथ्यो । तर, यसवर्ष भने महामारीका कारण स्वयम्भु निकै सुनसान रह्यो । बौद्धनाथ स्तुपा पनि सुनसानै रह्यो ।