४२ हजारभन्दा माथि नेपाली युवाले साउदीमा रोजगार गुमाए

काठमाडाैं । साउदीमा कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढ्दो छ । यसको कारण साउदीमा रहेका नेपाली श्रमिकहरूले राेजगारी गुमाउँदै छन् ।  निको हुने संख्या पनि उल्लेख्य नै छ । साउदीमा कोरोनाबाट हालसम्म ४ लाख ४० हजार ९ सय १४ जना संक्रमित छन् भने ७ हजार २ सय ४९ जनाको मृत्यु भएको छ । ४ लाख ४६ हजार ९० जना निको भएका छन् ।

साउदीमा कोरोना भाइरस र अन्य कारणले रोजगार गुमाएर अलपत्र परेका ४२ हजार ३ सय ६ जना नेपाली चार्टड उडानद्वारा स्वदेश फिर्ता भएका छन् । नेपाल सरकारले कोरोना संक्रमणको मध्यनजर गर्दै अनिश्चितकालीन उडान बन्द गरे लगत्तै स्वदेश फिर्ताका लागि हजारौँ नेपाली पर्खाइमा रहेका छन् । देशभित्र पनि लाखाैं युवाहरू रोजगार गुमाइरहेका छन् । यसले रोजगारको भयावह अवस्था सिर्जना गरेको छ ।   अन्नपूर्णपोष्टमा खबर छ ।