एमालेको घरमा कांग्रेसले डकैती हान्याे : गोकुल बाँस्कोटा

काठमाडाैं । नेकपा एमाले नेता गोकुल बाँस्कोटाले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले एमाले पार्टीको घरमा हानेको आरोप लगाएका छन्। उनले सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै यस्तो बताएका हुन् ।

‘एमालेको घरमा काङ्ग्रेसले डकैती हानेर धनमाल लाने उल्टै ती मेरै हुन भन्ने ? काङ्ग्रेसले निर्दलीयताकको पक्षपोषण गरेकोले लोकतन्त्रको गीत गाउने हक गुमायो । ७६को ५ले स्पष्ट रुपमा दुई वा दुईभन्दा बढी दलकै समर्थन खोजेको छ सांसदहरुको स्वतन्त्र समर्थनलाई अस्विकार गरेको छ। २ र ५ जोडेर हेरौ न ।’