सरकारी कर्मचारीले वर्षमा १० दिन घुमघाम काज पाउने 

काठमाडौं ।  सरकारी कर्मचारीले घुमघाम काज  पनि पाउने भएका छन् । यसमार्फत् कर्ममचारीहरूले भत्तासमेत पाउने भएका हुन् ।

आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनक गर्दै अर्थमन्त्री विष्णु पौडेलले  शनिबार घुमघाम काजको घोषणा गरे ।

अब सरकारी कर्मचारीले घुमघाम काज अन्तर्गत वर्षमा १० दिन भ्रमण बिदा पाउनेछन् ।

निजी क्षेत्रका संघसंस्थालाई समेत यसमा प्रोत्साहन गर्ने नीति ल्याउने घोषणा सरकारले गरेको छ ।

सरकारले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न यो नीति ल्याइएको अर्थमन्त्री पौडेलले बताएका छन् ।

अन्नपूर्णपाेष्ट दैनिकबाट ।