प्रधानमन्त्रीले सरकारको जिम्मा राष्ट्रपतिकँहा बुझाउन लागेका छन् : रावल

काठमाडौं ।एमाले नेता भीम रावलले प्रधानमन्त्रीले सरकारको जिम्मा राष्ट्रपतिकँहा बुझाउन लागेको आरोप  लगाएका छन् । साथै रावलले  विद्या भण्डारीबाट कोरोनाबाट त्रसित जनताको मनोदशाको शोषण गरिएको पनि बताएका छन् ।  उनी थप्छन् राष्ट्रपतिले कार्यकारी प्रमुख झैं विभिन्न देशका राष्ट्रपतिलाई खोपको याचना गर्नु पनि संविधानको उल्लंघन हो भनी उल्लेख गरेका छन् ।    राष्ट्रपतिले विभिन्न देशका राष्ट्र प्रमुखसँग खोपका लागि पहल बढाएकामा रावलले आलोचना गरे   । सामाजिक सञ्जाल ट्वीटरमा रावलले लेखेका छन्, ‘कोरोनाबाट त्रसित जनताको मनोदशाको शोषण गर्दै राष्ट्रपतिले कार्यकारी प्रमुख झैं विभिन्न देशका राष्ट्रपतिलाई खोप याचना पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन हो । यसले, के प्रम र सरकार निकम्मा भई राष्ट्रपति कहाँ अधिकार बुझाउने असंवैधानिक बाटोमा अग्रसर हो भन्ने गम्भीर प्रश्न उठ्छ ।’