‘कालो कोटमा होइन कालो सोचमा समस्या’

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रवक्ता विश्व प्रकाश शर्माले प्रधानमन्त्रीलाई   ‘कालो कोट’ मा होइन ‘कालो सोच’ मा समस्या छ ’  भनी बताएका छन् । त्यसैगरी   व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता विरुद्ध शासकको भावनात्मक उत्तेजना सँधै निन्दनीय हुने पनि उनले बताएका छन् ।  शर्माले सामाजिक सञ्जालमार्फत त्यस्तो बताएका हुन् । उनले ‘कालो कोट’ मा होइन कालो सोच मा समस्या छ भनी बताएका छन् ।  उनी लेख्छन् ‘अरु बोले अराजक अभिव्यक्ति,आफु बोले अभिव्यक्ति स्वतन्त्रता ? विवेक बोल्ने पुर्व प्रधानन्यायाधीशहरु आउटडेटेड अनि आफ्नो आउटडेटेड राजनैतिक दर्शन चैं दिब्यज्ञान ? ‘