चीनबाट आयो भेरोसेल खोप, जेठ २५ बाट ६० देखि ६४ वर्षका लागि दिइने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रह पश्चात चीनका राष्ट्रपति सिचिङ्ग पिङ्गल तत्काल अनुदानमा पठाएको कोभिड १९ विरुद्धको भेरोसल खोप काठमाडौं आईपुगेको छ ।

चीन सरकारले दिएको सो खोप विगतमा लगाउन नपाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकहरुलाई दिइने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले दिएको जानकारी अनुसार भेरोसेल जेठ २५ गतेदेखि लगाइने छ ।

चीनले अनुदानमा दिएको १० लाखमध्ये ९ लाख डोज नेपाल आइपुगेको छ भने बाँकी एक लाख भोलिबुधबार काठमाडौं आइपुग्नेछ । मन्त्रालयका अनुसार ६० देखि ६४ वर्षका नागरिकको संख्या ८ लाख ५४ हजार छ ।