काठमाडाैं । फागुन दोस्रो साता जनकपुरधामको जानकी मन्दिर प्रांगणमा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले भनेका थिए, ‘चुरेको विनाशलीला हेर्दा आँखा रसाउँछ । चुरे विनासका कारण जनकपुरमा अहिले ४ सय फिटमुनि पनि पानी भेटिन्न।’ डा. यादवले सुनाएको दुःख जनकपुरको मात्र नभई सम्पूर्ण मधेसको हो। यस क्षेत्रका अधिकांश जिल्लाका गाउँबस्ती काकाकुल बनेका छन् । इनारहरू सुक्न थालेका छन् । गहिरो गरी गाडिएका चापाकल ९ट्युबवेल० बाटसमेत पानी आउन छाडेको छ । खानेपानी संकटले मधेसका गाउँबस्ती पिरोलिएका छन्। पानीको मूल सुक्दै जान थालेकाले धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ नवटोली बस्तीलाई खानेपानी समस्याले चर्को रूपमा गाँजेको छ। चारनाथ खोला र कमला नदी उत्तरवर्ती चुरे पहाडमा भइरहेको अनियन्त्रित दोहनका कारण यस भेगका जनता काकाकुल बन्दै गएको नवटोली निवासी कमल महतोले बताए। ‘कलको ह्यान्डल घन्टौं थिच्दा पनि बाल्टिन भरिँदैन,’ उनले सुनाए। महतोको घरसामुन्ने खानेपानी कार्यालयले बनाइदिएको इनार छ, तर दुई वर्ष भयो पानी पलाउन छाडेको छ।
चुरे विनासका कारण ४ सय फिटमुनि पनि पानी भेटिन्न
जेष्ठ १९, २०७८
Add Comment