शैक्षिक प्रमाणपत्र धितो राखेर पाइने भनिएको ऋण छिटो कार्यान्वयन गर्न माग

काठमाडाैं । नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) ले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँ ऋण उपलब्ध गराउने नीतिलाई अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ ।  मन्त्री पौडेलसमक्ष अनेरास्ववियूका अध्यक्ष ऐन महरले कार्यक्रमका लागि कार्यविधि बनाएर कार्यान्वयन गर्न, विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार रुपैयाँ दिन र निःशुल्क सिमकार्ड प्रबन्ध गर्नुपर्नेलगायत ७ बुँदा समेटिएको ज्ञापनपत्र मंगलवार हस्तान्तरण गरेका हुन् । मन्त्री पौडेलले सरकारले बजेटमा समावेश गरिएका कार्यक्रमको प्रभावकारीरूपमा छिटो कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । एवं अर्थमन्त्री पौडेलसमक्ष  यस्तो माग राखिए पनि यसका जटिलता धेरै छन् ।