मनाङेको ओलीमाथि भद्दा टिप्पणी, उनी दुईवटा किड्नी नभएको मान्छे हो

काठमाडाैं । आपराधिक क्रियाकलापबाट राजनीतिमा हामफालेका दिपक मनाङे अहिले राजनैतिक खेलको एकदमै चर्चाको शीखरमा छन् । उनै गण्डकी प्रदेशमा तेस्रोपटक मन्त्री भएका दिपक मनाङेले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यङ्ग्ययुक्त वाणीको वर्षा गरेका छन् । उनले ओलीको  वर्तमान र भविष्यसमेत नभएको बताएका छन् । त्यसैगरी उनको पछि लाग्नेहरूको बुद्धि नभएको पनि उनले बताए ।

उनले  ओलीको स्वास्थ्य अवस्थाको दुर्बलताको समेत घृणित टिप्पणी गर्दै भनेका छन्, ‘उनी दुईवटा किड्नी नभएको मान्छे हो। अरुको त किड्नी छ नि यार। बुद्धि भए छिटो उनको साथ छोड्दा राम्रो हुन्छ। म त टाइममै छोडेर बचेँ ।’