बोलीको लगाम नै छैन नेताहरूमा

काठमाडाैं । राजनैतिक पार्टीका नेताहरूले जस्तो पनि अभिव्एक्ति दिइरहेका हुन्छन् । लाज सरम घिन भन्ने कुरा उनीहरूको जीनमै हुन्न जस्तो पनि लाग्छ यदाकदा । प्रधानमन्त्री रहेका र पूर्वप्रधानमन्त्री भइसकेकाहरू समेत यति तल्लो स्तरमा गालीगलाैजमा उत्रन्छन् कि लाज लागेर मुख रातो पिरो हुन्छ । यस्तै भयो शुक्रबार बागमती प्रदेशसभा बैठकमा ।  महात्मा गान्धीका हत्यारा नाथुराम गोठ्सेको नाम लिएर प्रधानमन्त्री केपी ओलीविरुद्ध आफू गोठ्से बन्न तयार रहेको बताएका  बागमती प्रदेश सभाका सदस्य नरोत्तम वैद्यले लगत्तै  माफी पनि मागेका छन् ।   शनिबार प्रदेशसभा बैठकमा नेपाली कांग्रेसका सांसद् नरोत्तम वैद्यले आत्मा लोचनासहित माफी मागेका छन् । उनले संसदीय मर्यादा विपरीत अभिव्यक्ति दिएपछि उनकै दलका केन्द्रीय र प्रादेशिक नेताले पनि आपत्ति जनाएका थिए । उनको अभिव्यक्तिले देशभर राजनीतिक तरंग ल्याएको थियो भने हेटौंडामा विरोध प्रदर्शसमेत भएको थियो ।

कांग्रेस सांसद् वैद्यले शनिबारको बैठकमा प्रधानमन्त्रीसँग जोडेर आफूले व्यक्त गरेका धारणाबारे पार्टीको निर्देशनअनुसार आत्मालोचना गरेका हुन् । उनले प्रदेश सभामा समय लिएर बोल्दै आफूले बोलेका शब्द फिर्ता लिएका हुन् । उनले आफूले बोलेका कुरा नीति र संसदीय मर्यादा विपरीत रहेको महसुस गर्दै अभिव्यक्ति फिर्ता लिँदै उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन अनुरोधसमेत गरे ।

साथै उनले माफी माग्दै विज्ञप्ति पनि जारी गरेका छन्। उनले लेखेका छन्,  ‘शान्तिपूर्ण राजनीतिको शालीनता भनेको सडकमा समेत संयमको अभिव्यक्ति जरुरी हुन्छ भन्ने कुरालाई आत्मसात् गर्दै हिंसाबाट शान्तिपूर्ण रूपान्तरणका लागि अन्यदलहरूलाई समेत लोकतान्त्रिक अभ्यासमा प्रेरित गर्दै संयोजन गरेको दलको एक सिपाहीका नाताले आफूले बोलेका अभिव्यक्ति फिर्ता लिँदै रेकर्डबाट हटाउन अनुरोध गर्दछु’  वैद्यको हस्ताक्षर भएको प्रेस विज्ञप्तिमा लेखिएको छ,  ‘पार्टीको नीति तथा संस्कृतिको पालना गर्दै संसदीयमर्यादा पालना गर्न प्रतिवद्ध रहेको जानकारी गराउँदछु ।

ताजा अपडेट