जनताले विकल्प खोजिरहेका छन् : थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनताले विकल्प खोजिरहेको बताएका छन् ।

त्यसैगरी उनले त्यो विकल्प बन्न सक्ने क्षमता राप्रपामा मात्र भएको पनि दाबी गरेका छन् । स्थानीय तह र संसदको आगामी चुनावमा सफलता हासिल गर्न र राप्रपालाई अग्रणी शक्ति बनाउन पार्टीको महाधिवेशन यथासक्य चाँडो गर्नुपर्ने आवश्यक्ता पनि उनले औंल्याएका छन् ।

आइतबार अपरान्ह सामाजिक संजालमार्फत स्वास्थ्य सतर्कता पालना गर्दै अब महाधिवेशनको तयारीमा जुट्न पनि आव्हान गरेका छन् । उनले भनेका छन्, नविर्सौं जनता विकल्प खोजिरहेका छन् । त्यो विकल्प बन्न सक्ने क्षमता राप्रपामा मात्र छ ।

राप्रपाले पार्टीको बिधान तथा पार्टी एकीकरण सम्बन्धी आधारपत्र बमोजिम तीन अध्यक्षको बैठकले केन्द्रीय निर्देशन समिति र केन्द्रीय बिशेष समिति केही दिन अघि मात्रगठन गरेको छ।