ओलीको अहंकार एकतामा बाधक

काठमाडौं । नेकपा एमाले भित्रको विवाद मिलाउन युवाहरू लागिपरेका छन् । पार्टीभित्रको जारी विवाद मिलाउन दोस्रो तहका नेताहरू युद्धस्तरमा लागिरहेको भए पनि ठोस सहमति भने निस्किएको छैन । यसमा प्रधानमन्त्री नै बाधक रहेको बुझिएको छ ।

अध्यक्ष ओलीले विस्तार गरेको १०औं महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिने सर्वोच्च अदालतले फैसला गरेपछि संस्थापन पक्ष दबाबमा परेको छ । तर, अध्यक्ष ओली भने जेठ दुईमा फर्कनु भन्दा पार्टीभित्रका नेताहरूलाई उचित जिम्मेवारी दिने गरी जेठ तीनअघिको अवस्थामा फर्कने अडानमा छन् । जसले विवादको पोको फुस्किन नसकेको हो ।

नेकपा एमालेका नेता ठाकुर गैरेले पार्टी अध्यक्षओलीले चाहे जारी विवादको समाधान एक दिन एउटै बुँदामा समाधान हुने बताए । उनले भने–‘अहिलेको विवाद अध्यक्षबाट सृजना भएको हो । तलकहीँ कतै समस्या छैन । अध्यक्ष जिम्मेवार बने एकै दिनमा सहमति हुन्छ ।’


सर्वोच्च अदालतको फैसाला अनुसार २०७५ जेठ दुई अघिकै कमिटी ब्युँताउने निर्णय गरेको अवस्थामा स्वःस्फूर्त रूपमा ती कमिटीले काम शुरू गर्ने बताउँदै पार्टीभित्र कुनै पनि विवाद नरहने गैरेको तर्क थियो । उनले भने–‘अहिले पार्टीका दोस्रा तहका नेताहरूबीच पार्टीभित्र देखिएको विवाद मिलाउन पहल गर्नु राम्रो भएपनिशीर्ष तहमा संवाद नभई अहिलेको समस्या समाधान हुँदैन ।’

उनले पार्टीलाई विधि र पद्दति अनुसार चलाउनुपर्ने मात्र आफूहरूको माग रहेको जिकिर गर्दै पार्टी एकता अध्यक्षकै हातमा रहेको बताए । नेपाल समाचार दैनिकबाट ।