गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा

एजेन्सी । गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा पर्न थालेको समाचारहरू निस्किएसँगै गरीब राष्ट्रहरुमा कोरोना विरुद्धको खोपको चरम अभाव देखिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि जनाएको छ । कोरोना विरुद्धको बिश्वब्यापी खोप साझेदारी योजना ‘कोभ्याक्स’का लागि खोप पर्याप्त नभएको खुलासा भएको हो ।

विश्व स्वास्थ्य संगठनले हाल १ सय ३१ राष्ट्रहरुमा ९ करोड डोज खोप उपलब्ध गराएको जानकारी दिंदै संगठनका वरिष्ठ सल्लाहाकार डा.ब्रुस एलवर्डले कोभ्याक्स कार्यक्रमका लागि पर्याप्त खोप उपलब्ध नभएको जनाएका हुन् ।

अफ्रिाकाका केही राष्ट्रहरुमा तेश्रो लहरको भाइरस देखा परिसकेको खुलासा गर्दै उहाँले गरीब राष्ट्रहरुलाई माग अनुसारको खोप दिन असमर्थ हुने प्रष्ट पारेका हुन्।

यसैबीच दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले धनी राष्ट्रहरुको तुलनामा गरीब राष्ट्रहरु खोपबाट वन्चित भएको भन्दै गरीब राष्ट्रहरुमा उपलब्ध गराउन अनुरोध गरेका छन् ।

अफ्रिकी राष्ट्रहरुमा हालसम्म ४० करोड डोज खोप उपलब्ध भएको जानकारी दिंदै राष्ट्रपति रामाफोसाले जुन कुल जनसंख्याको २ प्रतिशत मात्रै भएको बताएका छन् ।