कांग्रेसको गोकर्णेश्वर नगर समितिमा मारामार, मेयर चालिसे एकलौटी रुपमा अघि बढ्दै

काठमाडौं । नेपाली कांग्रेससको महाधिवेशन नजिकिँदै गर्दा क्रियाशील सदस्य वितरणको विवाद गाउँतहदेखि केन्द्रतहसम्मै पुगेको छ। यसै क्रममा काठमाडौं क्षेत्र नं. ३ गोकर्णेश्वर नगर समितिमा भने सोही विषयलाई लिएर मारामार शुरु भएको छ ।

गोकर्णेश्वर नगरपालिकाका मेयर समेत रहेका काग्रेस नगर समितिका सभापति सन्तोष चालिसेले मेयर पदको दुरुपयोग गर्दै नगर समितिमा एकलौटी ढंगले अघि बढेपछि गोकर्णेश्वर कांग्रेसमा विवादले उग्र रुप लिएको हो।

क्रियाशील सदस्यता वितरणका क्रममा चालिसेले आफूखुशी र पार्टीको विधानलाई समेत अटेर गरी आफू निकट व्यक्तिलाई मात्र क्रियाशील सदस्यता दिएको भन्दै नगर समितिमा चर्को विवाद भएको मात्र होइन, कांग्रेसको नगर समितिको विवाद सामाजिक सञ्जालमा निकै भाईरल नै बन्न थालेको छ ।

चालिसेले पद र पैसाको भरमा नगर समितिलाई आफ्नो मुठ्ठीमा लिन खोजेपछि त्यहाँ भित्रको विवादले चरम रुप लिईसकेको छ । यही विवादले मेयर समेत रहेका नगर सभापति चालिसले नेपाली कांग्रेसको अस्तित्व नै धरापमा पार्न लागेको आरोप कांग्रेसकै कार्यकर्ताहरुले गर्न थालेका छन् ।