जुरोङ रोभर मङ्गल ग्रहको सतहमा हिँडिरहेको भिडियाे सार्वजनिक

काठमाण्डाैं ।  चीनको अन्तरिक्ष निकायले जुरोङ रोभर मङ्गल ग्रहको सतहमा हिँडिरहेको भिडियाे सार्वजनिक गरेको छ । भिडियो चीनले पठाएको रोबोटले जमिनमा जडान गरेको वायरलेस क्यामेराले खिचेको हो । रोबोटले अहिले युटोपिया प्लानिसिया भन्ने क्षेत्रको अन्वेषण गरिरहेको  चीनको अन्तरिक्ष निकायलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

जोरुङ मङ्गल ग्रहको ४२ दिनमा दुई सय ३६ मिटर गुडेको छ । मङ्गल ग्रहको एकदिन २४ घण्टा ३९ मिनेटको हुन्छ । चीनको अन्तरिक्ष निकाय सीएनएसले प्रेस विज्ञप्ति निकालेर मङ्गल ग्रहमा अवतरण गरेको रोभरले राम्रो काम गरिरहेको बताएको छ । जुलाई १ तारिख चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको एक सय वर्षको उत्सव पनि हो ।

यो उत्सवमा रोभरले मङ्गल ग्रहबाट आशीर्वाद पठाएको सीएनएसको विज्ञप्तिमा उल्लेख छ । भिडियाेमा आवाज पनि सुनिएको छ ।  वैज्ञानिकहरूले जुरोङले कम्तीमा ९० मङ्गल दिन काम गर्ने आशा गरेका छन् ।