इराकमा गर्मी बढेपछि सचेत हुन अपिल


इराक । इराकमा तापक्रम उच्च हुँदा त्यहाँका जनजीवन निकै नै प्रभावित भएको छ । इराकका मध्य तथा दक्षिण प्रान्तमा अकस्मात् तापक्रम बढेको त्यहाँको मौसम विभागलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ। 

इराकका विभिन्न सहरको मौसम अहिले ५१ डिग्री भन्दा माथि पुगेको त्यहाँको मौसम विभागले जानकारी दिएको छ । तातो हावा चलेका कारण मान्छेहरु घरबाहिर निक्कन सक्ने अवस्था छैन । इराकको मौसम विभागले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा यहाँको दक्षिणी क्षेत्रका बासरा, क्वादिसान र मुथाना प्रान्तमा तापक्रम उच्च भएको हो । 

इराकको राजधानी बगदाद सहरको ५० डिग्री आसपास छ । यहाँका सरकारी निकायले नागरिकलाई अत्यावश्यक काम नपरेसम्म घरबाट बाहिर ननिस्किन आह्वान गरेको छ ।  पर्याप्त मात्रामा झोल पदार्थ पिउन भनेको छ ।  सार्वजनिक सूचना जारी गरी बालबालिकाहरुलाई विशेष ध्यान दिन भनिएको छ । विद्यालयहरु बन्द गरिएका छन् ।  देशव्यापी विदा दिने तयारी सरकारले गरेको छ ।