मन परेको व्यापारीलाई सुटुक्क सुरङमार्गको काम सुम्पिइयो

काठमाडाैं । सरकारले प्रक्रिया नै नगरी नीजी क्षेत्रसमक्ष सुटुक्क सुरङमार्गको काम सुम्पेको छ ।  सरकारले आगामी आर्थिक वर्ष २०७८र७९ को बजेटमा योजना  पारेर बजेट विनियोजन गरेको दुई दिनपछि उक्त आयोजनामा  निजी क्षेत्रले  शिलान्यास गरेको छ ।

भारतलाई नेपालबाट चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने सबैभन्दा  छोटो मार्गमा पर्ने सुरुङ निर्माणका लागिसमेत बजेट विनियोजनसहित सङ्घीय सरकारले गत जेठ १५ गते ल्याएकामा जेठ १७ गते नै एमभी दुगड ग्रुपले सुरुङ निर्माण गर्ने भन्दै सुरुङ मार्गको शिलान्यास गरेको छ ।

लामाबगर फलाक नाका नेपाल–भारत र चीन जोड्ने सबैभन्दा  छोटो मार्ग हो । नौ सय मिटर सुरुङसहितको सडक बनाउन पछिल्लो १० वर्षदेखि यहाँका जनप्रतिनिधि र राजनीतिक दलहरूले पहल गरिरहेका छन् ।

त्यसैअनुरूप सरकारले आगामी आर्थिक वर्ष २०७८र७९ को  बजेटमा लामाबगर सुरुङ मार्ग निर्माण गर्ने प्रतिबद्धतासहित बहुवर्षीय  ठेक्का आह्वान गर्न २५ करोड रुपियाँ विनियोजन गरेको छ । बजेट सार्वजनिक भएको दुई दिनपछि बिगु गाउँपालिकाका अध्यक्ष  युधिष्ठिर खड्कामार्फत गाउँपालिकाको  वडा  नं १ लामाबगरमा  शिलान्यास गरेपछि सुरुङ मार्ग  निर्माण कार्य अन्योलमा परेको छ ।  आजको गोरखापत्र दैनिकबाट ।