राप्रपाले समान बिचार भएकासँग एकता गर्ने


काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीले समान विचार भएका विभिन्न समूहसँग एकता गर्न वार्ता समिति बनाएको छ। नेता बुद्धिमान तामाङको संयोजकत्वमा गठित समितिमा जगत गौचन र ऋषिबाबु परियार सदस्य छन् ।

अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर जवरा र डा. प्रकाशचन्द्र लोहनीको उपस्थितिमा बसेको केन्द्रीय विशेष समितिको बैठकले ‘समान विचारधारा भएका समूह र व्यक्तिहरुसँग वार्ता गर्न’ सो समिति गठन गरिएको हो।यस्तै राप्रपाले उद्धव पौडेलको संयोजकत्वमा आर्थिक समिति गठन गर्नुका साथै आर्थिक क्षेत्र सम्बन्धी अन्तरक्रिया कार्यक्रमको जिम्मेवारी समेत दिएको छ।

त्यस्तै, बुद्धिजीवी व्यक्तित्वहरुसँग अन्तरक्रिया गर्नको लागि भुवन पाठकको संयोजकत्वमा प्राडा जयन्तनाथ खनाल र प्राडा यादव प्रसाद ढुंगाना सदस्य रहेको आयोजक समिति गठन गरेको छ।  राप्रपाले आगामी कात्तिक महिनामा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ ।