बाढीले २० वटा पुल क्षतविक्षत

काठमाडौं । गत  साता  आएको  औसत  बाढीले २० वटा पुल क्षतविक्षत भए । उद्घाटनको  तयारीमा रहेको हुलाकी राजमार्गअन्तर्गत धनुषा  र  सिरहा  जोड्ने  कमला  नदीको  पुल भासियो  ।

पुलका  १२  वटा  स्पान पुल निर्माणको एक भाग रहेको पुलको सिरहातर्फको दोस्रो स्पान भासिएपछि अनेक प्रश्न खडा भएका छन् । त्यसैगरी निर्माणको अन्तिम चरणमा पुगेको उदयपुरको चौदण्डीगढी नगरपालिका सिवाइस्थित त्रियुगा नदीको पक्की पुलसमेत भत्कियो । पुलको एउटा स्पान नदीमा  झरेको  छ  भने  अर्को  ढल्किएको  छ । असार १ गते आएको बाढीले  मेलम्ची  खानेपानी आयोजना अन्तर्गतको पाँचवटा पुल बगायो  ।

यस  वर्षको वर्षायाम सुरु भएयता  मनाङमा तीनवटाका साथै गोरखाको  बारपाक  अजिरकोट जोड्ने पुल भत्काएको छ  । यस वर्षको वर्षा सुरु भएयता २० वटा पुल क्षतविक्षत नै भएका छन् ।  समाचार गोरखापत्र दैनिकमा छ ।