प्रचण्ड नेपालबीच भेटवार्ता किन ?

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

आज दुई नेताबीच नेपाल निवास कोटेश्वरमा भेट भएको हो। दुई नेताबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ। विपक्षी ५ दलीय गठबन्धन र नेकपा एमालेभित्र भइरहेको वार्ताका बारेमा नेपाल र प्रचण्डबीच छलफल भएको बताइएको छ।

एमालेको विवाद मिलाउन केही दिनदेखि विवाद समाधान कार्यदलमा वार्ता भइरहेको छ। शुक्रवारको वार्तापछि मस्यौदामा भएको सहमतिलाई आज अन्तिम रुप दिइने नेताहरुले बताएका छन् । एमालेको वार्ता निष्कर्षमा पुग्न लागेका बेला प्रचण्ड र नेपालबीच वार्ता हुनुलाई चासोका रुपमा लिइएको छ।