अफगानिस्तान मारिए १ सय ९ तालिवानी

एजेन्सी । अफगानिस्तानमा शुक्रवार भएका घटनामा परी कम्तीमा १०९ तालिवान लडाकुहरू मारिएका छन्। देशको दक्षिणी कान्दहार र हेल्मन्द प्रान्तमा भएको घटनामा परी अरू २५ जना घाइते समेत भएको अधिकारीहरूले शनिवार जानकारी दिएका छन्।

मृत्यु भएका मध्ये ७० जनाको कान्दहर प्रान्तमा मृत्यु भएको हो। सो घटनामा अरू आठ जना घाइते भएका थिए।शुक्रवार बिहान लडाकुहरूले सुरक्षा कार्यालयमा आक्रमण गरेपछि घटना भएको र जवाफी कारबाहीका क्रममा उनीहरूको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ। 

त्यसै गरी हेल्मन्द प्रान्तमा भएको घटनामा परी ३९ लडाकुको मृत्यु भएको छ भने अरू १७ जना घाइते भएका छन्।अफगानिस्तानमा लामो समयदेखि हिंसात्मक द्वन्द्व भइरहेको छ। लगातारका ठुला ठुला हिंसात्मक घटनाहरूका कारण अहिलेसम्म हजारौँको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् । त्यसै गरी लाखौँ अफगानीहरू विस्थापित भएका छन्। लामो समयदेखि चलिरहेको हिंसात्मक द्वन्द्व अन्त्यका लागि वार्ता भइरहेपनि अन्त्य हुन भने सकेको छैन।