देउवाले मंगलबार पाँच बजे प्रधानमनत्रीको शपथ लिने


काठमाडाैं । र्वोच्चको आदेशले प्रधानमन्त्रीमा नियुक्त हुन लागेका कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार पाँच बजे प्रधानमनत्रीको शपथ लिने भएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले आजै राष्ट्रपतिलाई राजीनामा बुझाएपछि राष्ट्रपति कार्यालयले देउवालाई शपथ गराउने तयारी गरेको हो । 

सोमबार बसेको विपक्षी गठबन्धनको बैठकले देउवाको नेतृत्वमा पाँच सदस्यीय मन्त्रिमण्डल बनाउने निर्णय गरेको छ ।