देशवासीको नाममा सम्बोधन गरेर ओली बालुवाटारबाट बाहिरिने

काठमाडाैं । अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई मंगलवार नै प्रधानमन्त्री नियुक्त गर्न सोमवार आदेश दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाड्ने भएका छन् । देशवासीको नाममा सम्बोधन गरेर ओली बालुवाटारबाट बाहिरिन लागेको स्रोतले बतायो ।

दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन तय भएको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले १ बजे स्थायी कमिटीको बैठक बोलाएका छन् । 

२०७४ फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएपछि ओली बालुवाटार बसाइँ सरेका थिए । राष्ट्रपति विद्या भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेर मंगलवार साँझ शपथ गराउने तयारी गरेकी छिन् ।