प्रम देउवा बालुवाटार छिरे

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटार प्रवेश गरेका छन् । प्रधानमन्त्री देउवा शुक्रबार विहान ९ः५७ बजेको शुभ साइतमा बालुवाटार सरेको उनको सचिवालयले जनाएको छ । 

गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएपनि निजी निवास बूढानीलकण्ठमै बस्दै आएका थिए । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै बुधबार निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छोडेका थिए ।