विप्लवले भेटे बाबुराम भट्टराईलाई

काठमाडाैं ।नेकपा महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन् ।

पूर्ववर्ती सरकारसँग गरिएको सम्झौताको स्वामित्वको लागि राजनीतिक भेटवार्ता गर्ने पार्टीको निर्णय कार्यान्वयनको लागि भन्दै विप्लवले भट्टराईसँग भेटवार्ता गरेका हुन् ।

विप्लवले बुधवार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बिहीवार नेकपा एमालेका नेता माधव नेपालसँग भेटवार्ता गरेका थिए । शुक्रवार भट्टराईसँगको भेटमा विप्लवले संसदीय व्यबस्था असफल भएकाले वैज्ञानिक समाजवादको बाटोमा लाग्नुपर्ने बताएका थिए ।