देउवाले आजै विश्वासको मत लिने भएपछि एमालेमा भूकम्प

काठमाण्डाैं । प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने निर्णय गरेपछि नेकपा एमालेमा भूकम्प गएको छ । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाको पहिलो बैठकमा नै विश्वासको मत लिने निर्णय गर्नुका पछाडि एमालेलाई फुटाउने उदेश्य रहेको ठहर गरेको छ । जसका कारण नेकपा एमाले एकतामा बाधा पुग्ने एमालेले ठहर गरेको हो ।

आज ललितपुरको च्यासलमा रहेको तुलसी स्मृति भवनमा बसेको स्थायी कमिटी बैठकले एमाले विभाजन गराउने प्रयासबाट आजै विश्वासको मत लिने निर्णय गरेको निष्कर्ष निकालेको हो । स्थायी कमिटी बैठकका निर्णयबारे जानकारी दिँदै पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले नेता माधवकुमार नेपाल पक्षलाई विश्वासको मतको विपक्षमा उभ्याउने गरिएको पछिल्लो प्रयास पनि असफल भएको जानकारी दिए ।

नयाँ कोर्समा अगाडि बढ्ने निर्णय गरिसकेको भए अब उनी एमालेमा नरहने समेत नेता ज्ञवालीको भनाइ छ । आजको स्थायी कमिटी बैठकमा पनि एमालेका वरिष्ठ नेता नेपाल समूह अनुपस्थित भएकाे छ ।  यसअघि शुक्रबारको बैठकमा पनि नेपाल समूह सहभागी भएको थिएन । आजै प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदै छन् ।

देउवाले आजै प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदा एमाले विवादका समस्या मिलिनसकेको कारण माधव समूहले देउवालाई विश्वासको मत दिनुपर्ने हुन्छ ।