एमालेको माधव समूहलाई चेतावनी, देउवालाई विश्वासको मत दियाै भने !

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको खण्डमा सबै सांसदलाई पार्टीबाट निकाल्ने घोषणा गरेको छ ।  देउवाले विश्वासको मत लिने तयारी गरिरहेको बेला एमाले बैठकले विश्वासको मत नदिने निर्णय गर्दै मत दिनेलाई पार्टीबाटै निकाल्ने चेतावनी दिएको हो । 

एमालेको गत शुक्रबार बसेको संसदीय दलको  बैठकले पनि देउवालाई विश्वासको मत नदिने निर्णय गरेको थियो । बैठकपछि नेता प्रदीप ज्ञवालीले पार्टी निर्णय विपरीत गएर कसैले काम गरे उनीहरु पार्टीमा नरहने बताएका हुन् । 

‘पार्टी निर्णय विपरीत गएर कसैले विश्वासको मत दिन्छ भने त्यस्तो व्यक्ति एमालेमा रहँदैन’ ज्ञवालीले भने । नेपालले बेग्लै काेर्ष हिड्न चाहेकाे पुष्टि भएकाेसमेत ज्ञवालीले बताए ।  यस अघि विघटन भइसकेको कार्यदलका सदस्यहरु नेता माधव नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेर मिलेर जान प्रस्ताव गरे पनि उनले आफूले एक्लै भए पनि विश्वासको मत हाल्ने बताएका थिए । 

अध्यक्ष केपी ओली एकलौटी ढंगमा बैठकसमेत स्थगित गरी अगाडि बढेपछि आफू नरोकिने र संसद बचाउन विश्वासको मत दिने बताएका थिए । एमालेले पार्टीबाट निकाले पनि सांसदहरुलाई ह्वीप भने यसपटक लाग्ने छैन ।संसद् विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले यस संविधानको धारा ७६(५) अनुसारको सरकार गठनमा दलीय ह्वीप नलाग्ने फैसला सुनाएको थियो ।