भारतमा रहेका नेपाली राजदूतको फोन ह्याक कसले गर्यो ?

भारत । भारतमा रहेका नेपाली राजदूतको फोन ह्याक भएको छ । भारतस्थित नेपाली राजदूत नीलाम्बर आचार्यको फोन जासुसीका लागि लक्षित समूहमा परेको खबर बाहिरिएपछि यस्तो बताइएको हो । 

पिगसास स्पाइसवेयरको माध्यममा भारतमा नेपालसहित विभिन्न देशका राजदूतका फोन जासुसी सम्भावित सूचीमा रहेको एक फ्रान्सेली पत्रिकाले जनाएको छ।  ‘इमरान खान (पाकिस्तानका प्रधानमन्त्री) र उनका राजदूतहरू सम्भावना लक्षित सूचीमा छन्। त्यसका साथै दिल्लीस्थित अफगानिस्तान, चीन, नेपाल, साउदी अरबसहितका राजदूत तथा कूटनीतिज्ञ रहेका छन्’ ला मुन्डेले लेखेको छ।  

सोमबार बिहान वासिङ्टन पोस्ट र भारतको वेबसाइट द वायरले विश्वभरका पत्रकार तथा सामाजिक कार्यकर्ताको फोन ह्याक गरिएका समाचार प्रकाशन गरेका थिए । यसअघि सन् २०१७ देखि सन् २०२१ सम्ममा दिल्लीमा रहेका कूटनीतिक फोन ह्याक भएको सम्भावित सूचीमा छन्। 

नीलम्बर आचार्य २०७५ माघ ६ गतेदेखि भारतको राजदूत छन्। यसअघि दीपकुमार उपाध्याय राजदूत थिए। उपाध्यायले प्रतिनिधि सभा निर्वाचनमा भाग लिन २०७४ असोजमा राजदूतबाट राजीनामा दिएका थिए।