माधव नेपालसहित २२ एमाले सांसद् भन्छन्, ओलीले राजिनामा दिए एकता

काठमाडौं ।माधव नेपाल पक्षका सांसदले एमाले अध्यक्ष ओलीले राजिनामा दिए एकता सम्भव भएको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदमा मत दिने माधव नेपाल र ओली पक्षका २२ सांसदहरुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पद छाड्न आग्रह गर्ने निर्णय गरेका छन्।माधव नेपालसहित २२ जना सांसदहरुले आइतबार संसदमा भएको मतदानमा प्रधानमन्त्री देउवाका पक्षमा मतदान गरेका थिए। देउवालाई मतदान गर्ने २२ सांसदहरुको बैठकले अध्यक्ष ओलीलाई पद छाड्न आग्रह गर्नेमा सहमति गरेको हो।बैठकबारे जानकारी दिँदै एमाले सांसद रामकुमारी झाँक्रीले पार्टी एकताका लागि अध्यक्ष ओलीले पद छाड्नुपर्ने निर्णय गरिएको जानकारी दिए।‘मेरो पनि आग्रह त्यही हो। पार्टी एकताका लागि ओलीले पद छोडनु पर्छ,’ नेता झाँक्रीले भनिन्।