जसरी भए पनि सबै नेपालीलाई खोप दिलाउँछाैं : देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जसरी भए पनि सबै नेपालीलाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउने बताएका छन् ।

प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्री देउवाले सबै नेपालीहरुलाई खोप उपलब्ध गराएरै छाड्ने बताएका हुन्। ऋण लिएर वा सापटी मागेर भएपनि नेपाली जनतालाई खोप उपलब्ध गराउने उनले बताए। खोप आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै प्रधानमन्त्री देउवाले जतिसुकै महँगो भएपनि खरिद गरेर खोप उपलब्ध गराउने प्रतिवद्धता जनाए। 

उनले भने, ‘खोप हाम्रो प्राथमिकता हो। ऋण लगाएर वा सापटी लिएर भएपनि जहाँ–जहाँबाट पाइन्छ। जति महँगो भएपनि किनेर नेपाली जनतलाई खोप पुर्‍याउने प्रतिवद्धता गरेका छौँ। अवश्य पनि हामी पुर्‍याउने विश्वास दिलाउन चाहन्छौं।’