पार्टीलाई घात गर्नेहरु एमाले हुनै सक्तैनन् : पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले पार्टीलाई घात गर्नेहरु एमाले हुनै नसक्ने बताएका छन् ।

शुक्रबार एमाले काठमाडौं ४ नम्बर वडा कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा महासचिव पोखरेलले पछिल्लो समय पार्टीभित्र रहेर पाटीविरुद्ध गतिविधि हुँदै आएको भन्दै पार्टीलाई घात गर्नेहरु एमाले हुनै नसक्ने बताएका हुन् ।

एमालेमा रहेर एमालेकै सरकार ढाल्नेहरुलाई पनि अब एमाले भन्न नमिल्ने उहाको भनाइ छ । पोखरेलले नराम्रोलाई नराम्रो भन्न सक्ने एमाले हुने र गलत कुराको पक्ष लिनेलाई एमालेभित्र कुनै ठाँउ नरहेको बताए।

एमालेलाई कमजोर पार्ने काम एमालेभित्र रहेर हुनै नसक्ने उनको भनाइ छ । कार्यक्रममा विभिन्न दलबाट आएका कार्यकर्तालाई महासचिव पोखरेलले एमाले प्रवेश गराएका थिए ।