एमालेमा बाहुबली संगठनको घोषणामा प्रतिस्पर्धा

काठमाडौं । नेकपा एमालेका दुवै पक्षमा पछिल्लो समय बाहुबली संगठनको घोषणामा प्रतिस्पर्धा जस्तै चलेको छ।

संस्थापन पक्षले युथफोर्स ब्यूँताएपछि माधवकुमार नेपाल पक्षले अखिल फोर्स बनाएको छ। बिहीबार मात्रै नेपाल पक्षले नै पिपुल्स भोलेन्टियरको घोषणा गरेको थियो। भक्तपुरमा नेता नेपालकै उपस्थितिमा हजार जानाको पिपुल्स भोलेन्टियर घोषणा भएको थियो।

पार्टी भित्रको विवाद चर्किँदै जाँदा एक अर्काको काउन्टरमा घोषणा भइरहेका यस्ता बाहुबली संगठनको घोषणाले बन्न लागेको सहमतिको वातावरण समेत बन्ने चिन्ता नेताहरूले गरेका छन्।