मुगुमा जिप दुर्घटना हुँदा सहचालकको गयो ज्यान


मुगु । हुम्ला जाने क्रममा मुगुमा जिप दुर्घटना हुँदा सहचालककाे मृत्यु भएकाे छ।

मुगुदेखि हुम्ला जाँदै गरेकाे लु १ ज ४१०२ नम्बरको जिप मुगुको नाफामा दुर्घटना हुँदा हुम्लाकाे चंखेली घर भएका सहचालकको हर्कबहादुर ऐडीको मृत्यु भएको हाे।

जिल्ला ट्राफिक कार्यालय मुगुका प्रहरी सहायक निरीक्षक भरत बहादुर शाहीका अनुसार उनकाे उपचारका क्रममा मुगु अस्पतालमा मृत्यु भएको हाे।

जिपका चालक चंखेलीकै दलवीर राेकाया घाइते भएकाे र उनकाे उपचार भैरहेकाे शाहीले बताए।

जिपमा सवार चार जना यात्रु भने सकुशल रहेका छन्।