ट्रकको ठक्करबाट दम्पतीको मृत्यु

झापा । झापाको दमकमा ट्रकको ठक्करबाट मोटरसाइकल दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ। दुर्घटनामा सुरुङ्गाका हेवन होटलका सञ्चालक दम्पतीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मंगलबार राति साढे १० बजे दमक चिया बगानमा दुर्घटना हुँदा सञ्चालक ४३ वर्षीय पूर्णबहादुर विष्ट  र उनकी श्रीमती ३६ वर्षीया हिमा विष्टको घटनास्थलमै मृत्यु भएको हो।

उनीहरू  प्र २-०३-०१३ प ४७८७ नम्बरको मोटसाइकल पश्चिमबाट पूर्वतर्फ जाँदै थिए। विपरीत दिशाबाट आएको ना४ख ८७३० नम्बरको ट्रकले उनीहरूलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

दुर्घटनाबाट गम्भीर घाइते भएका दम्पतीलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरूको स्थायी बसोबास मोरङको भाउन्ने भए पनि भए पनि सुरुङ्गामा होटल सञ्चालन गर्दै आएका थिए।