ऋचा चड्ढा भन्छिन्, पतिको अपराधमा शिल्पालाई दोषी मान्नु गलत

मुम्बई। राज कुन्द्राको अपराध काण्डमा बलिउडका दर्शकले उनकी पत्नी शिल्पा शेठ्ठीमाथि दुर्व्यवहार गर्दै आएका छन् । पति राज कुन्द्रा पोर्न फिल्मको आरोपमा पक्राउ परेपछि सामाजिक सञ्जालमा बलिउड नायिका शिल्पालाई ट्रोल गरिएको थियो।

यस्ता ट्रोलको विरोध गर्दै बलिउड नायिका ऋचा चड्ढाले शिल्पाको समर्थन आवाज उठाएकी छन्। “जब कुनै मर्दले गल्ती गर्छन् भने हामी त्यस मर्दलाई दोषी देखाउनुको सट्टा उसको जीवनमा जो महिला छ, उसलाई दोषी देखाउने गर्छौं। यस्ता कार्य बन्द गरौं,” ऋचाले भनेकी छन्।