शिक्षिकाले चप्पल प्रहार गरी स्कुलकै प्रधानाध्यापकलाई चउरमा रिंगाएपछि

एजेन्सी । महिलामाथि हुने दुर्व्यवहारका घटना धेरै सुनिने गरेका छन् । भारतको उत्तर प्रदेशस्थित सिद्धार्थनगरमा यस्तै घटना हुँदा शिक्षिकाले चप्पल प्रहार गरेकी छन् ।

स्थानीय अगरदी डीह प्राथमिक विद्यालयका प्रधानाध्यापक मनोज कुमारले स्कूलमै जिस्क्याएपछि शिक्षिकले मैदानमा ल्याएर चप्पलले हिर्काएकी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

शिक्षिकाले लगातार चप्पर हिर्काइराखेपछि मनोज स्कूल परिसरबाट भागेका थिए । शिक्षिकाका अनुसार मौका मिल्दाखेरी मनोजले कार्यकक्षमै जिस्क्याउने गरेका थिए । त्यसको विरोध गर्दा जागिरबाट हटाइदिने धम्की दिने गरेका थिए ।

त्यसदिनको घटना बताउँदै शिक्षिकाले भनिन्, ‘प्रधानाध्यापकले त्यो दिन मलाई रजिस्टरसहित कार्यकक्षमा बोलाउनुभयो । म भित्र गएर हस्ताक्षर गर्न खोज्दा मेरो हात समाउनुभयो र भन्नुभयो – हस्ताक्षर गर्न दिँदैन, तिमी मैले भनेको मान्दिनौ ।’