वीरगञ्जमा राजसंस्थाको माग सहित ¥याली

वीरगञ्ज । भाद्र ४ गते रत्नराज्य लक्ष्मीदेवी शाहको ९४ औ शुभ जन्मोत्सवको अवसर पारेर वीरगञ्जमा निकालिएको ¥यालीमा राजसंस्थाको पुर्नस्र्थापनाको माग गर्दै ¥याली निकालिएको छ । वीरगञ्जमा राजसंस्था समर्थकहरुले सो ¥याली निकालेका हुन् ।

‘राष्ट्र र राष्ट्रियता राजसंस्थामाथि निर्भर छ ’ भन्दै संघले राजसंस्था पुनर्स्थापना हुनुपर्ने मागसहित विभिन्न गतिविधि गर्दै आएको छ ।

¥यालीमा सहभागी हुनेहरुले ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

उनीहरुले गणतन्त्रको विरोध गर्दै राज संस्थाको समर्थनमा नाराबाजी समेत गरे। घण्टाघरबाट निकालिएको र्‍याली नगरपरिक्रमा पछि बाल मन्दिरमा पुगेर रत्नराज्यलक्ष्मीको तस्वीरमा माल्यार्पण गरी सम्पन्न भएको आयोजकले जनाएको छ । नेपाल राष्ट्रवाद संघले सो ¥याली निकालेको थियो ।