किन फेरिए माओवादी प्रवक्तामा नारायणकाजीबाट महरा

काठमाडौं । नेकपा माओवादीका प्रवक्ताका रुपमा रहेका नारायणकाजी श्रेष्ठले सो पद छाडेपछि सो ठाउँमा कृष्णबहादुर महरालाई ल्याइएको छ ।
माओवादी स्थायी समिति बैठकपछि अध्यक्ष पुष्पकमल दाहालद्वारा जारी परिपत्रमा महरालाई प्रवक्ताको जिम्मेवारी दिएको उल्लेख छ।

जबर्जस्ती करणीको आरोप लागेपछि महराले सभामुखबाट राजीनामा दिएका थिए। जिल्ला अदालत र उच्च अदालतले सफाइ दिएपछि उनी पार्टीको जिम्मेवारीमा फर्किएका हुन्।
अहिले माओवादीमा जिम्मेवारी हेरफेर गर्ने क्रममा प्रवक्ता रहेको नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाएर प्रवास विभागको जिम्मेवारी दिएको छ । भने वर्तमान सरकारमा अर्थमन्त्री रहेका जनार्दन शर्मालाई संगठन विभाग प्रमुख बनाइएको छ।

स्कुल विभाग प्रमुख अध्यक्ष पुष्पकमल दाहाल नै रहेका छन्। केन्द्रीय कार्यालय इन्चार्ज वर्षमान पुन भएका छन्।