एमालेको विधान अधिवेशन असोज ५ र ६ मा हुने

मंगलबार ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बसेको एमाले स्थायी कमिटी बैठकले मंसीरमा महाधिवेशन गर्ने निर्णय गरेको एमाले सचिव प्रदीप ज्ञवालीले बताए। स्थायी कमिटीका निर्णयबारे जानकारी दिंदै सचिव ज्ञवालीले महाधिवेशनको मिति तय गरिएको बताए।

महाधिवेशनको मिति तय भएसँगै विधान अधिवेशन पनि सरेको छ। अब एमाले विधान अधिवेशन ५ र ६ असोजमा हुने भएको छ। यसअघि २७ र २८ भदौमा गर्ने तय गरिएको थियो।