‘चरी जेलैमा’ विष्णु माझीको आफ्नै व्यथामा आधारित गीत हो ?

कााठमाडौं । लोक दोहोरी गायिका विष्णु माझी नेपाली लोक दोहोरीको एक चिर परिचित नाम हो । उनको नीजि जिन्दगीको बारेमा कसैलाई पनि राम्ररी थाहा छैन । उनी मिडियामा आउँदिनन् । यसको राज कसैलाई पनि थाहा छैन । उनको पति सुन्दरमणि अधिकारीले उनलाई घरमा नै कैद गरेको भन्ने समाचारहरुले अघिल्लो वर्ष चर्चा पायो । प्रहरीमा उजुरी पनि पर्यो तर त्यसको कुनै छानविन भएन । गायिका स्वयंले यो निराधार कुरा भएको बताएपछि यो विषय सेलायो ।

हालै उनले गाएको चरी जेलैमा तीजको गीत चर्चामा छ र उनका स्वरका पारखीहरुले यो माझीको आफ्नै व्यथामा आधारित गीत भएको टिप्पणी गरिरहेका छन् । हुन पनि सक्छ कि गीतमा जुन किसिमका शब्दहरु चयन गरिएको छ त्यसले माझीकै व्यथा वर्णन त होइन भन्ने प्रश्न उब्जाएको छ । माझीको हालसम्म एक दुई वटा बाहेक फोटो पनि देखिएको छैन । यसले माझी शारीरिक रुपमा अस्वस्थ त छैनन् भन्ने पनि जिज्ञासा पैदा भएको छ ।

गायिका विष्णु माझी गाउने प्रायः गीत हिट हुने गरेका उदाहरण छन् । गायिका माझीले अहिले तीजको अवसर पारेर ल्याएको गीत ‘जेलैमा हो जेलैमा, चरी जेलैमा’ले पनि अहिले राम्रो चर्चा बटुल्न सफल भइरहेको छ ।
‘पुतलीको भट्टी’ भाग १७ का रुपमा ल्याइएको गीतले यतिबेला टिकटकदेखि सामाजिक संजालसम्म चर्चा बटुलिरहेको छ । म्युजिक भिडियोसहित सार्वजनिक गीतमा सुन्दरमणी अधिकारीको शब्द÷संगीत, विनोद बाजुरालीको एरेन्ज, महिमा आचार्यको कोरस गायन रहेको छ ।

सुन्दरमणीकै निर्माण, निर्देशन रहेको गीतको भिडियोमा शिव बि.कको कोरियोग्राफी छ । तीजको अवसर पारेर जथाभावी गीत सार्वजनिक भएको समयमा यो गीत मौलिक रहेको छ ।
विवाहित चेलिको वेदना प्रस्तुत गरिएको गीतमा खराव श्रीमान्का कारण चेलिले पर्दा चेलिले पाउने पीडाहरुलाई गीतमा व्यक्त गरिएको छ । 

युट्युबमा १८ अगष्टमा सार्वजनिक गीतले ६ दिनमा २९ लाख भन्दा बढी दर्शन पाएको छ । सुजन शाहीको सम्पादन रहेको भिडियो शम्भु चालिसेले छायाँकन गरेका हुन् ।