सीमा नाकामा सेवाग्राहीसॅग पाँच हजार घुस लिॅदा हवल्दार पक्राउ

महोत्तरी । महोत्तरीको गौशालाबाट पाँच हजार घुस रकमसहित सशस्त्र प्रहरीका वरिष्ठ हवल्दारसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा गौशाला नगरपालिका–५ रामनगरस्थित सशस्त्र प्रहरी बल, सुरक्षा बेस क्याम्पमा कार्यरत वरिष्ठ हवल्दार राजीशरण साह र गौशाला बस्ने राम आशिष साह रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले जनाएको छ।

दुवै जनालाई पाँच हजार घुस रकमसहित निगौल चोकबाट पक्राउ गरिएको हो।

वरिष्ठ हवल्दार साहले बिस्कुटलगायत घरायसी सामग्री नेपाल–भारत सीमाबाट ल्याउन सहजीकरण गरिदिएबापत ५ हजार घुस मागेको सूचनाका आधारमा अख्तियारको बर्दिवास कार्यालयबाट खटेको टोलीले दुवै जनालाई रिसवत लिइसकेको अवस्थमा पक्राउ गरेको हो।