काबुल विमानस्थलमा आक्रमणको उच्च जोखिम : अमेरिका

काबुल । अमेरिका र ब्रिटेनले काबुल विमानस्थलमा आक्रमणको उच्च जोखिम रहेको चेतावनी दिएको छ । बुधवार दुबै राष्ट्रहरुले आफ्ना नागरिकहरूलाई त्यहाँ नजान र विमानस्थल पुगिसकेकाहरूलाई तत्काल त्यहाँबाट फर्कन सूचना जारी गरेका हुन् ।

काबुल विमानस्थल हुँदै बाहिरिनका लागि विमानस्थल बाहिर र भित्र हजारौँ सर्वसाधारणहरू प्रतीक्षारत छन् । १० दिन अघि तालिबानले नियन्त्रणमा लिएको काबुलबाट ८२,००० भन्दा बढीलाई हवाई मार्ग हुँदै अन्यत्रै लगिएको छ ।

तालिबानले त्यो समयसीमा लम्ब्याउने विषयको विरोध गरेको छ । आफूलाई इस्लामिक स्टेटका रूपमा चिनाउँदै आएका अतिवादी समूहले पार्न सक्ने खतराबारे अमेरिकी राष्ट्रपति जो बाइडनले चर्चा गरेको २४ घण्टापछि यूके र अमेरिकाको यस्तो सुझाव आएको हो ।